Basic, Graphic, Webpage Design and Hardware Training»
Contact for Training : Mukti Adhikari Phone: 9846149640
Web Design and Web Hosting»
“The production of too many useful things results in too many useless people”
Video Advertisement and Promo Design»
“Can’t Do It In Real Life? Do It On Technology”
कम्पनीको नियम तथा शर्तहरु
हाम्रा ग्राहकहरुले थाहा पाउनुपर्ने नियमहरु
- नयाँ ग्राहकले कुनै पनि साइट बनाउने पक्का भएपछी सहमती भएको मूल्यको ५० प्रतिशत रकम अग्रीम भुत्तानी गर्नेछ र भुत्तानी भएको २४ घण्टा भित्र ग्राहकले रोजेको डोमेन रजिष्टर गरि वेवसाइटलाई अन्डर कन्स्ट्रक्सनमा राखिनेछ ।
- यदि डोमेन ट्रान्सफर गर्नुपरे अन्य कम्पनीमा डोमेन रजिस्टर भएका ग्राहकले हाम्रो कम्पनीमा डोमेन ट्रान्सफर गर्नुपर्दा डोमेन अथर कोड उपलब्ध गराइदिनुका साथै हामीले रजिस्टर गरेपछी पूरानो कम्पनीले इमेलमा आएको लिङ्क कन्फर्म गरेपछी मात्र हाम्रो कम्पनीमा ट्रान्फर हुनेछ ।
- हाम्रो कम्पनीमा डोमेन रजिस्टर भएका ग्राहकले पनि चाहेको अवस्थामा हामीले डोमेन अथर कोड दिनेछौ र अन्य कम्पनीले रजिष्टर गरेपछी हामीले आएको लिंक कन्फर्म गरिदिने छौं ।
- डोमेन ट्रान्सफर गर्दा हाम्रो बाट अरुकामा ट्रान्फर गर्दा कुनै शुल्क लाग्ने छैन भने अरुको बाट हाम्रोमा डोमेन ट्रान्सफर गर्दा डोमेनलाई लाग्ने शुल्क लाग्ने छ । (यसरी ट्रान्सफर् गर्दा तपाईको डोमेन जहिले एक्सपाएर हुन्छ त्यसमा एक बर्ष थपिन्छ)
- हामीले बनाएको साइटको कस्टम डिजाइन कपीराइट्स् र कोडीङ सेक्यूरिटीको लागि इजिसफ्ट कै होस्टीङमा मात्र सिमित रहने छ । यदि ग्राहकले हाम्रो होस्टिङबाट अन्य होस्टीङमा सार्न चाहेमा वेब साइटको कस्टम डिजाइन पाउने छैन । तर साइटमा भएको सम्पुर्ण कन्टेन्ट डाटा (एसक्यूएल डाटा) भने प्राप्त गर्न सक्नेछ ।
- यदि ग्राहकको वेवसाइट कस्टम डिजाइन नभै टेम्प्लेट प्रयोग गरि बनाइएको अवस्थामा भने हामीलाई कपीराइट्स् र कोडीङ सेक्यूरिटी आवश्यकता नपर्ने हुँदा पछाडी ग्राहकले जुनसुकै होस्टीङमा पनि सार्न पाउने छ ।
- यदि ग्राहकले रिन्यू गर्नु अगावै हामीसँग भएकै कुनै अन्य होस्टीङ प्लान परिवर्तन गर्न चाहेमा नयाँ होस्टीङको मूल्य पुरा तिर्नुपर्ने हुन्छ ।
- ग्राहकले आफ्नो साइटको डिजाइन कन्फर्म साइट लन्च हुनुभन्दा अगावै गर्नुपर्दछ र पछाडी सामान्य परिवर्तन तथा पूर्ण रुपमा परिवर्तन गर्न चाहेमा त्यसको एक्स्ट्रा शुल्क लाग्नेछ । साइट लन्च भइसकेका ग्राहकको हकमा नयाँ डिजाइन हामी डेमोमा देखाउने छौ र डिजाइन पूर्ण भएपछी ग्राहकको साइटमा एप्लाइ गर्नु अगाबै ग्राहकले डिजाइन कन्फर्म गर्नेछ ।
- हामीले ग्राहकको साइटमा कुनै सहमतिबिना एडभर्टाइज राख्ने छैन । तर फुटर साइटमा भने डिजाइन तथा डेभलब मा हाम्रो नाम र लिंक अनिवार्य राख्नेछौ । यसमा ग्राहकले कुनै आपत्ती जनाउन पाउनेछैन ।
- हामीले ग्राहकको लागि ग्राहकको आफ्नो साइट अपडेट तथा साइटमा भएको कन्टेन्ट चेन्च गर्नको लागी भनेर कन्ट्रोल प्यालन उपलब्ध गराउनेछौं जसको डिजाइन हाम्रो आफ्नै प्रकारको हुनेछ जसलाई ग्राहकले परिवर्तन गर्न पाउने छैन । तर ग्राहकका सुविधाका लागि साइटलाई अपडेट गर्न सहज हुने खालका डिजाइन भने सहमति अनुसार परिवर्तन गर्न सकिनेछ ।
- ग्राहकको साइटको डिजाइन बिना सहमती हाम्रो अन्य कुनैपनि ग्राहकलाई दिइने छैन र अन्य बिश्वमा भएका कुनैपनि साइटको डिजाइन हुबहु चोरेर पनि बनाउनेछैनौ ।
- ग्राहकले आफ्नौ साइटको एडभर्टाइज हाम्रो अन्य ग्राहकहरुसँग आफ्नो आफ्नो स्वइच्छाले साटासाट गर्न पाउनेछ ।
डोमेन ट्रान्फर भनेको : तपाइले कुनै A कम्पनी बाट डोमेन खरिद गर्नुभयो र सधै पैसाको कारोबार A कम्पनी सँग भयो अब तपाईलाई डोमेनको रिन्यू शुल्क B कम्पनीको सस्तो लाग्यो भने तपाईले B कम्पनीमा आफ्नो डोमेन सार्न खोज्नुभयो भने डोमेन ट्रान्फर गर्नु पर्दछ । अर्थात पहिलेको कम्पनीमा रिन्यू गर्नुपर्ने अवस्थामा रकम भुक्तानी गर्न कठीन हुने परिस्थीती मा पनि डोमेन ट्रान्फर गर्ने गरिन्छ ।